
नवलपरासीको सरावलमा करिब १३ लाख बराबरको अवैध तयारी कपडा प्रहरीले बरामद गरेको छ ।

नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिएका छन् ।
बरामद गरिएको कपडा भन्सार कार्यालय महेशपुरमा राखीएको छ । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि तस्करेब्यापारीहरुले भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम तिभ्र रूपमा बढेको पाईएको छ ।
भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामानमा कर असुलको नीतिमा भंसारले कड़ाई ग़रेपछि पेशेवर ब्यापारीहरुले खुला सिमाबाट भन्सारछलेर सामान भित्रिरहेको पाईएको छ ।

