३ कार्तिक २०८३, सोमवार

भारत उत्तरप्रदेश मुख्य मन्त्री योगी र काग्रेसका नेता देवेन्द्रराज कण्डेल विच भेटवार्ता

नवलपरासी । असाेज २६

नेपाली काग्रेसका नेता एवं पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल तथा भारत उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथ विच भेटवार्ता भएको छ ।

भारत उत्तरप्रदेश राज्यको मुख्यालय लखनउ स्थित मुख्यमन्त्री योगीको कार्यकक्षमा हिजाे सुक्रवार भएको शिष्टाचार भेटवार्तामा नवलपरासी रुपन्देही लगायत तराईका प्रमुख जिल्लाहरु उत्तरप्रदेशसंग सिमा जोडिएका कारण नेपालका सिमावर्ती नेपाली नागरिकहरुको सुरक्षा र दैनिकीमा सहजता तथा सुमधुर्यतालाई प्रभावकारी वनाउने विषयमा सौहार्दपूर्ण कुराकानी भएको कण्डेल सचिवालयले वताएको छ ।

भेटका क्रममा नेता कण्डेलले नेपालको तर्फबाट भारत उत्तरप्रेदशसंग पराम्पराकाल देखिनै रोटी—वेटी तथा कुटुम्वकम्को गहिरो सम्वन्ध रहि आएकोले यो सम्वन्धलाई दुवै देशका नागरिकको हितमा रहने गरि थप प्रगाढ एंव सुद्धढ वनाउनु पर्ने धारणा राखेको कण्डेलका स्वकीय सचिव मधुर रायमाझी(कमल)ले जानकारी दिएका छन् ।

विषेशतः नेपालभारत विच खुला सिमामा हुने आवतजावत, सुमधुर व्यापार नितिलाई प्राथमिकता दिदै नेपाल भारतका नागरिक विच रहेको साझा धार्र्मीक आस्था तथा पर्यटनको सम्वन्ध प्रगाढ वनाउनुपर्ने वारेमा समेत छलफल भएको सचिवालयले वताएको छ ।

कांग्रेस नेता कण्डेल विगत दशकौ देखि खेलाडीको पहिचान तथा कण्डेल परीवारले राणाकालमा भारत तर्फ समेत सामाजिक सेवामा संलग्न भएका कारण बर्तमान उत्तरप्रदेश मुख्य मन्त्री सङ्ग बिशेष पारिवारिक सम्बन्ध रहेको श्राेत वताउँछ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार