३ कार्तिक २०८३, सोमवार

नवलपरासी पश्चिममा पहिलो पटक नापी प्राबिधिक समाज गठन, अध्यक्षमा ओली सर्वसम्मत चयन

सुनवल÷असोज २७
नवलपरासी पश्चिममा पहिलो पटक पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज गठन भएको छ ।
जिल्लाका ७ स्थानीय तह, राष्ट्रिय भूमि आयोग, राष्ट्रिय आवास तथा नापी कार्यमा संलग्न रहदै आएका नापी प्राबिधिकहरुले नापी प्राबिधिक समाज नवलपरासी गठन गरेका हुन् ।

शनिबार नवलपरासी जिल्लामा सवै क्षेत्र निकायमा कृयििशल र कार्यरत नापी प्राबिधिकहरुको रामग्राम स्तुपमा आयोजित प्रथम भेलाले सुनवल नगरपालिकाको कार्यालयका नापी प्राबिधिक दल बहादुर ओलीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा क्रमसः शुसिल रावत, अमृत भुषाल, नरेन्द्र यादव, अनिल पोखरेल र सदस्यहरुमा क्रमसः निरज प्रजापति, निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापा चयन भएका छन् ।


यसै गरी आगामी बैठकमा विज्ञ सल्लाहकार समेत चयन गर्ने बताईएको छ । देशव्यापी रुपमा नापी जस्तो विशिष्ट कार्यलाई थप प्रविधिमैत्री एवं विश्वसनीय वनाउदै प्राबिधिकहरुको हक अधिकारको संरक्षण सुनिस्चित गर्दै यस विद्यामा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्ने, यस विद्याका त्रुटीहरुको एकीकृत समाधान अवलम्वन गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता कायम गर्ने , नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने साथै स्थानिय तहका प्राबिधिक र अध्ययनरत रहि सेवा गरिरहेका, अवसर खोजि गरेका सबैलाई समेटेर पारदर्र्शी रुपमा अघी बढ्ने निर्णय गरेको छ ।
नव गठित समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्दै समाजमा नापी कार्यको विशिष्टता र थप विश्वास स्थापीत गर्न बिशेष कार्यक्रम समेत संचालन गर्ने नवगठित समितिका अध्यक्ष ओलीले ट्वान्टीफोट न्युज फायरलाई जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार