३ कार्तिक २०८३, सोमवार

चौधरी फाउण्डेसनद्धारा निःशुल्क कृत्रिम हात खुट्टा जडान सेवा सुरु, नवलपरासीको चिसापानी अस्पताबाट सेवा उपलव्ध हुने

नवलपरासी ।असाेज २७
देशको ठुलो औद्योगिक प्रतिष्ठानका रुपमा परिचित चौधरी फाउण्डेशनले नवलपरासी पश्चिममा निशुल्क कृतिम हात खुट्टा जडान गर्ने सेवाको लागि सिजी सवल केन्द्रको सुभारम्भ गरेको छ ।
नवलपरासीको बर्दघाट स्थित चिसापानी अस्पताल भित्र देशभरका नागरिकहरुले कृत्रिम हातखुट्टा जडान गर्ने सेवा संचालन गर्न परियोजना सुरु भएको छ ।
शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले अस्पताल परिषरमा सबल केन्द्रको सुभारम्भ गर्नु भएको हो ।


सेवा सुभारम्भ भए संगै चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क जडान गर्न पाउने वताइएको छ ।

नवलपरासी १ बाट निर्वाचित सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने दिशामा प्रयास गर्दै आउनु भएको छ ।
चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।

केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको सेवाकालागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेको चौधरीले बताउनु भयो । चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ ।

सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना प्रकृया थालनी भएकाे बताउनुभएको छ । मा. चाैधरीले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुकाे सकारात्मक भूमिका नरहेकाे उल्लेख गर्दै आफू ले कुनैकसर नराखी ट्रमा सेन्टरको स्थापना गरेरै देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संसद चौधरीले अस्पतालकाे सेवा २४ सै घण्टा सेवा सुचारू गराउने कार्यकाे लागि सम्पूर्ण सहयोग गर्ने र ट्रमा सेन्टर बनाउन अवराेध गर्यँन यहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको वताउदै जसरी भए पनि बनाएरै छोड्ने प्रतिवद्धता दाेराेरयाउनु भयाे ।

बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवामा गुणास्तर सुधार र विस्तारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । मेयर श्रेष्ठले यसका लागि फाउण्डेसनलाई धन्यवाद दिदै अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिका प्रतिवद्ध रहेकाे जिकिर गर्नु भयाे । नगरपालिकाले सिमित श्रोत र साधनका बाबजुत पनि नगरबासिलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागिपरेको उहाँले बताउनु भयो । सांसद चौधरीकै पहलमा हालैमात्र सरकारले चिसापानी अस्पताल सहित नवलपरासीमा ३ चिकित्सक पठाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार