३ कार्तिक २०८३, सोमवार

डा.विनोद निता कंडेल आँखा अस्पताल परासीको ३३औ साधारण सभा सम्पन्न

परासी/फागुन२६- आँखा जीवन हो । आँखा उपचार सेवामा नवलपरासी क्षेत्रमा ३४ वर्ष अघि स्थापित डा.विनोद निता कंडेल आँखा अस्पताल, परासीको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पूर्व गृहराज्य मन्त्री एवं सँस्थाका संस्थापक सभापति तथा नेपाली कांग्रेस प्रभावशाली नेता देवेन्द्रराज कंडेलको सभापतित्वमा आज भूमहीस्थित बाबा बर्दगोरिया धाम परिषरमा  सम्पन्न भएको हो । 

 प्रदेश सभा सदस्य  मा. खड़क बस्नेतको प्रमुख आतिथ्यतामा संपन्न साधारण सभामा विशिष्ट पाहुनाका रूपमा प्रदेश सभा सदस्य  मा. बैजनाथ जयसवाल, सुनवल नगरपालिका प्रमुख बिमला अर्याल र अतिथिका रूपमा अस्पतालब्यस्वस्थापन समिती अध्यक्ष श्री मन्जु कण्डेल, सुनवल नगरका नि बर्तमान मेयर भिम बहादुर थापा भारत ,वडा नम्बर१२का वडा अध्यक्ष कमल प्र चुवाई, पाल्हिनंदन गाऊँपालिका १का वडा अध्यक्ष चुलाहि प्रसाद यादव लगायतको गरिमामय उपस्थिति रहेको थियो l

नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेको डा.विनोद निता कंडेल आँखा अस्पतालको वार्षिक साधारण सभामा वरिष्ठ नेत्रबिशेषज्ञ डा.नन्दा गुरुङ्ग तथा अस्पतालका कर्मचारीहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना लाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरीएको थियो! 

संस्था आजिवन सदस्यहरुको उपस्तिथिमा साधारण सभा मा ०७९ चैत्र देखी २०८० माघ सम्ममा ४१ हज़ार ९सय २७ जनाको आखा परीक्षण सेवा प्रदान गरीएको र १ हज़ार ८सय ५५ जना आखा बिरामीको शल्यक्रिया गरिएको संस्थाका सचिब डा.संजय कर्णद्वारा प्रस्तुत प्रतिवेदनमा जनाईएको थियो । चालू वर्ष ०८०/८१मा सुनवल नगरपालिकाको १० लाख सहयोगमा पालिकाबाट सिफ़ारिश गरिएका सुनवल क्षेत्रका ९७ जना मोतियाबिन्दू बिरामीको शल्यकृया गरिएको  अस्पताल संचालक कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

अस्पतालको सेवालाई थप ब्यवस्थित आधुनिक सुबिधासंपन्न बनाउने उद्देश्यले परासी मूलसड़कमा अढाई बिगाहा क्षेत्रफलमा आधुनिक आखा अस्पतालको डीपीआर तैयार भई आर्थिक सहयोगका निम्ति दातृनिकायमा पहल भई रहेको सम्पन्न सभामा जानकारि गराईएको थियो । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार