• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

म अयोग्य ! मेरो लाश योग्य?

  •  
  • २०८० चैत्र १, बिहीबार ०१:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    • कविता

    तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटें,
    सतर्क भन्यौ म सतर्क बनें,
    अगाडि बढ भन्यौ म अगाडि बढें,
    पछाडि हट भन्यौ म पछाडी हटें,
    सर्टिफिकेट फाल भन्यौ मैले फालें,
    दस्ताबेज पढ भन्यौ मैले पढें,
    इतिहास पढ भन्यौ मैले पढें,
    समाज पढ भन्यौ मैले पढें,
    अरु कत्ती कुराहरू
    तिमिले नभन्दा पनि लुकि लुकि पढें।

    तिमिले बन्दुक बोक भन्यौ मैले बोकें,
    कैयौं कुईन्टल त भारी पनि बोकें,
    सहयोद्धाका अमर शरीर बोकें,
    घाइते शरीरहरु बोकें,
    रक्तिम सन्देश बोकें,
    बोक्न त आजाद हरुका प्यार पनि बोकें,
    जल्लाद हरुका काला कर्तुत पनि बोकें।

    घर भनिएन,
    सम्पत्ति भनिएन,
    बा आमा भनिएन,
    प्रिय सि! भनिएन,
    पढाइ भनिएन,
    केवल भनियो त परिवर्तन।
    हिडियो त मृत्यु लाई हत्केलामा राखेर,
    भत्काइयो दुश्मनको जिल्ला,
    बनाइयो आफ्नै लाल किल्ला,
    जलाइयो बुर्जुवा किताबका पाना पाना,
    बनाइयो सामन्तिलाइ निशाना।

    तिमी संग आदेश दिन सक्ने क्षमता थियो,
    म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता थियो।

    मैले आदेश पालना गरेकै हुँ,
    आफ्नो कर्तव्य निभाएकै हुँ,
    भोक भोकै लडेकै हुँ।

    त्यति बेला,
    मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो। किनकी म भाचिएको हात लिएर बन्दुक चलाउन सक्थें। खुट्टामा गोलिका डल्ला बोकेर अहोरात्र लड्न सक्थें।

    तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि म तिम्रो लागि प्रिय नै थिएँ। किनकी म तिम्राे लागि सुरक्षा दिन सक्थें। तिमिलाई हर क्षण पहरा दिन सक्थें।

    तर जब तिमी हामी बस्ने परालको गुन्द्री छाडेर राता कार्पेटमा बस्न थाल्यौ अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो।

    जब मूल्य तोकियो,
    म जस्तै हजारौं लाई हाट बजारमा राखियो।
    तिमिले पठाएका कैयौं ग्राहकहरु आए अङ्ग अङ्ग जाँचे।

    खुट्टामा गोलि बोकेको म,
    भच्चिएको हात बोकेको म,
    अयोग्य बनें।

    कमरेड !
    कुनै बेला त्यही भाच्चिएको मेरो हात तिम्रा लागि प्यारो थियो होइन ? गोलि लागेको मेरो खुट्टा तिम्रा लागि तन्दुरुस्त थिए होइन ?म अमुल्य थिएँ होइन ? म योग्य नै थिएँ होइन ? तर म आज कसरी अयोग्य भएँ ?

    तिमिले भनेको मोर्चा सम्हालेकै हुँ,
    दुश्मन को किल्ला तोडेकै हुँ,
    तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हुँ। के त्यहाँ पुर्याउनु मेरो गल्ती थियो ? मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेको हौ ?

    तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ तर मेरो चोट ग्रस्त शरीर नापियो
    मेरो शरीरको उचाइ नापियो तौल नापियो तर,
    खै त तिम्रो उचाइ नापिएको ?
    खै त तिम्रो तौल नापिएको ?
    खै त तिम्रो योग्यता नापिएको ?

    केही पनि मापन गर्नै नपर्ने तिमी योग्य,
    तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने म कसरी अगोग्य भएँ ?????

    माओवादीका पुराना घाइतेयोद्धा मित्रको लागि
    जय देश


    सुरज तिवारी
    पोखरा

    Post Views: 254

    प्रकाशित मिति: २०८० चैत्र १, बिहीबार ०१:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.