• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सूचनाको-हक कार्यान्वयन पूर्णरूपमा हुनुपर्छ :लुम्बिनी-मुख्यमन्त्री आचार्य

  •  
  • २०८१ आश्विन ११, शुक्रबार ०९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ/ असोज/ ११ /सरोज धिताल

    – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनु भएको छ ।

    सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको र सरकारले गर्ने हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नु भएको छ ।सरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छन्´उहाँले भन्नुभयाे-सुशासन कायम भएमा भष्ट्राचार घट्दै जान्छ । याे दिशामा सरकारले आफ्नाे काम अघि बढाएकाे छ ।

    समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाकाे हक कार्यान्वयन जरुरी छ ।´प्रदेश सरकारले कर्मचारी तहमा १४ बुदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य ताेक्ने, तस्बिर सहित फाेन नम्बर राख्न, वेवसाइडमा पनि सुचना राख्न भनिसकेकाे मुख्यमन्त्री आचार्यले जानकारी दिनु भयाे ।

    यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नु भयाे ।सूचना प्राप्त गर्न सक्नु भएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी संग सम्पर्क गर्नुस´उहाँले भन्नुभयाे-सूचनामा सबैकाे समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छाैं ।´

    सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँने भनाइ उहाँकाे छ ।`

    सरकार नागरिक प्रति उत्तरदायि छ । संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिन्छ, त्यति नै राज्य तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउछ´उहाँले भन्नुभयाे- सूचनाको हकसम्बन्धी कानुन मात्र यस्तो कानुन हो, जसले सुशासनलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छ ।´

    लुम्बिनी प्रदेश सरकार सूचनाको हक कार्यान्वयन गर्न प्रतिबद्ध रहेकाे जानकारी दिदै उहाँले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागी पाँच बर्षे रणनीतिक योजनामा पनि सूचनाको हक कार्यान्वयनलाई प्राथमिकितामा राखेकाे बताउनु भयाे ।

    सूचनाकाे हक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमिद बाग्चनले सूचनाकाे हक कार्यान्वयनले राज्य संग नागरिकलाई नजिक बनाउने भएकाले यसकाे पूर्ण कार्यान्वयनमा जाेड दिनुभयाे । उहाँले सुशासन कायम गर्दै भष्ट्राचार निवारण गर्न सूचनाकाे हक प्रयाेगले टेवा पुर्‍याउने बताउनु भयाे । सरकारले हरेक तीन/तीन महिनामा स्वत: प्रकाशन गर्ने सूचना प्रकाशनमा जाेड दिनुभयाे ।

    लुम्बिनी प्रदेशका संस्थापक प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सूचनाकाे हककाे पूर्ण कार्यान्वयनले सबै पक्षलाई जिम्मेवार बनाउने बताउनु भयाे । लमही नगरपालिकाका प्रमुख जाेगराज चाैधरीले सही र सत्य सूचना संप्रेषणमा ध्यान दिनुपर्ने बताउनु भयाे ।

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले सूचना नदिने प्रवृत्ति बढिरहेकाे भन्दै ध्यानाकर्षण गराउनु भयाे ।
    सूचनाकाे हक राष्ट्रिय महासंघ लुम्बिनीका संयाेजक हेमन्त कर्मचार्यकाे स्वागत मन्तव्यबाट सुरु भएको शिविरकाे सहजिकरण बरिस्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले गर्नु भएको थियाे । शिबिरमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सूचनाकाे हक अभियान्ताहरुकाे सहभागीता रहेको छ ।

    Post Views: 227

    प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार ०९:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.