४ कार्तिक २०८३, मङ्लबार

सुस्तामा राष्ट्रपतिबाट गरियो देशकै लामों झोलूँगेपुल संचालनको औपचारिक शुभारम्भ

परासी,१० असोज । 

Screenshot

राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीस्थित नारायणी नदिमा निर्माण गरिएको नेपालकैसबैभन्दा लामो सुस्ता झोलुङ्गे पुलको औपचारिक शुभारम्भ गरेका छन । 

२०७२ सालमा निर्माण सुरु गरीएको पुल क़रीब २१ करोड़ लागतमा ९ वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५७१ मिटर लामो रहेको छ । एतिहाँसीक पुल निर्माणमा लामों समय संगलग्न रहेका  नेपाल सरकार सस्पेंशन ब्रिज शाखाका इंजीनियर गोपाल बहादुर थापालाई रास्ट्रपतिद्वारा  प्रमाणपत्र सहित सम्मानित भरेका छन ।

हाल सम्म सोलर बत्तीमा उजियालोंले गुज़ारा गरीरहेको सुस्तामा आजै राष्ट्रीय ग्रिडप्रसारण लाइनको बिजूली समेत उद्घाटन समेत राष्ट्रपति पौड़ेलद्वारा भएको छ जसको लागत  १ करोड़ ३१ लाख रहेको छ ।

एक देशको छूट्टै टापूको रूपमा भारतको भरपरी कस्ट र संघर्षमयजीवन बिताईरहेका सुस्ताबासी यो पुलका कारण सिंगों देशसंग जोड़ीन पाएर नया युगको अनुभूति गर्न पाएकोमा ख़ुशी व्यक्त गरेका छन । 

उर्जा मन्त्री दीपक खड्काद्वारा सुस्ता बस्तीलाई एक बर्ष सम्म निःशुल्क विद्युत  उपभोग गर्न दिईने घोषणा समेत भएको छ । सुस्ताबासीले नेपाली भूमिको रक्ष्यार्थ देखाएको राष्ट्रभक्त र साहसको ३ करोड़ नेपालीले प्रशंसा गरीरहैको जीकिर गर्दै आज एतोहासिक दिनमा सम्पूर्ण सुस्ताबासीलाई बधाई ज्ञापन गरेका छन । 

कार्यक्रममा कार्यवाहक प्रधानमंत्री प्रकाशमान शिह, जलश्स्रोत तथा ऊर्जामंत्री दीपक खड़का, लुम्बिनी प्रदेश मुख्य मन्त्री, पूर्व मन्त्री देवेन्द्रराज कंडेल, प्रदेश सभासद बैजानाथ जयसवाल, ऊर्जा मंत्रालयका सचिव, जिल्लाका पालिका प्रमुखहरु प्रमुखहरु नवलपरासीका मुख्य प्रशासन अधिकारी सुरक्षा संयंत्र, सुस्ताबासी जनताहरुको एतिहासिक उपस्थित रहेको थियो । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार