४ कार्तिक २०८३, मङ्लबार

कोटहीमाइ गाउपालिका बासीलाई निःशुल्क-झूल, डेंगू मच्छेरलाई हुनेभो झूल बाहिर -भूल

मर्चवार/ रुपन्देही
कोटहीमाइ गाउपालिकाले पालिकाबासी नागरिकहरुलाई हीजो मंगलवार निःशुल्क झुल बितरण गरेको छ । डेंगु ज्वरो रोगको रोकथाम र नियन्त्रणका लागी गाउपालिका भित्रका हरेक वडामा झुल बितरण भैरहेको गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् ।

Screenshot

सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक, बिधवा तथा एकल महिला, अपाङगता भएका ब्यक्तिहरुलाई झुल बितरण हुदै आएको अध्यक्ष त्रिपाठीले बताए । कोटहीमाइ गाउपालिका वडा नम्बर १ मा ५ सय ६० जना र वडा नम्बर २ मा ५२५ गरी एक हजार ८५ जनालाई झुल बितरण भैसकेको कोटहीमाइ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौडले जानकारी दिएका छन । यस्तै गरी ९ गते वडा नम्बर ३ मा झुल बितरण गरिने उहाले जानकारी दिएका छन ।
झुल बितरण गर्दै गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बर्षायाममा लामखुट्टेको टोकाईबाट डेंगु फैलने भएकोले घरमा वा घर बाहिर जुनसुकै बेला पनि सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेका छन । त्रिपाठीले लामखुट्टेको टोकाईबाट बच्न स्थानीयहरुलाई झुल बितरण गर्दै घर वरपरी जम्मा हुने पानी, ढल तथा नालीहरुमा लामखुट्टेको बासस्थान हुने भएकोले ती स्थानहरु नियमित रुपमा सफा राख्नु सहज हुनूपर्ने बताएका छन।

Screenshot

बर्षाको समय बाढी पहिरो, महामारी रोग फैलिने सम्भावना भएकोले पनि घर वरीपरी सधै सफा राखी वातावरण्ण समेत स्वच्छ बनाउनु पर्नेमा त्रिपाठीको जोड थियो । डेंगु तथा सर्पदंशको सम्भावना पनि सरसफाइको कमीका कारण हुने भएकाले घर वरीपरीको सफाईलाई हरेक ब्यक्तिहरुले प्राथमिकता दिनु पर्ने अध्यक्ष त्रिपाठीको भनाइ छ ।
झुल बितरण कार्यक्रममा कोटहीमाइ गाउपालिकाका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाइ १ का वडाध्यक्ष राजेश तेली, वडा नम्बर २ का वडाध्यक्ष अमरनाथ यादव, वडा नम्बर १ र २ का जेष्ठनागरिक, बिधवा, एकल महिला लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार