४ कार्तिक २०८३, मङ्लबार

तराईमा जितिया पर्व:आस्था र महत्व बढ़दै, आज समापन हुदै

परासी / असोज ०९

 सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने तराई क्षेत्रमा महिला हरुको पवित्रआस्था उजागर गर्ने ‘जितिया पर्व ’नहा खा अर्थात नुहाएर खाने विधि सहित मनाउने परम्परा बढ़दै ग़एको छ ।

Screenshot

प्रत्येक वर्ष तिथिको अनुसार यस वर्ष ७ गतेबाटनै  नहा खा विधिबाट शुरुभएको  जितिया पर्वमा व्रतालु महिलाहरुहिजो८ गते बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा आज  बुधवार दिनभरि उपवास बसबसीरहेका छन् । 

आज बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ । 

व्रत (उपवास) आरम्भ गर्नू पूर्ब महिलाहरुले नदी, तलाउ वा पोखरीमा स्नान गरि त्यही ठाउँमा घिरौँलाको पातमा भगवान्जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिनाप्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने किम्बदन्ति छ ।

Screenshot

हिजो मङ्गलवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी आज बुधवार बेलुकी सवा ५ बजे व्रतसम्पन्न गर्ने शास्त्रमा वर्णन गरिएको छ । व्रतालुहरुले सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् ।कथा भन्ने र सुन्ने क्रममा पाका-अग्रजले भन्ने र युवा-तन्नेरीले श्रवण गर्ने परम्परा  छ ।

देशको तराईमा मनाइने व्रतहरुमध्ये यो जितिया व्रतलाई पवित्रता र आस्थाको  रुपमा मानिन्छ । किंबदन्ती अनुसार राजा शालिवहानको राज्यमा एक महिलाका सात भाई छोराहरुलाई एक दैत्यले बन्धक बनाएर लगेपछि राजा शालिवहानले निज सातैभाई छोरालाई दैत्यको क़ब्ज़ाबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखिशालिवहानलाई ‘जितुमाहन’नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिककथन रहेको मानिंच्छ। 

जितिया पर्वको बर्त समापनका अवसरमा तराईका अधिकांश स्थानीय तहका अलावा नवलपरासीका रामग्राम,बर्दघाट नरपालिका सुस्ता,पालहिनंदन,सरावल,प्रतापपुर गाउपालिकाले ९ गते सार्वजनिक बिदा समेत जारि गरेका छन । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार