५ कार्तिक २०८३, बुधबार

पूर्वीनवलपरासीको दुम्कीबास स्थित राजमार्गमा भारतीय बस दुर्घटना: २३ जना घाइते

नवलपरासी/नवलपुर – असोज ८

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नवलपुरको दुम्कीबासमा आज बिहान भारतीय न.को बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित दुम्कीबासमा दुर्घटनामा भएको हो ।

आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको भारतीय न.प्लेटको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिदाँ बसका २३ जना यात्रु घाइते भएकको नवलपुर प्रहरी कार्यालय प्रवक्ता डीएसपी वेदबहादुर पौडेलका ले जानकारी दिएका छन् ।

बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको र घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको नवलपुर प्रहरीले बताएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार