५ कार्तिक २०८३, बुधबार

नवलपरासी स्थित गण्डक-कार्यालयमा सरकारको नया नियुक्ति: भुआर्जन अधिकारीमा महिला पहिलो पटक

नवलपरासी/ असोज ७

नवलपरासी स्थित गण्डक-ब्यवस्थापन कार्यालयमा सरकारले पहिलो पटक महिलालाई भुआर्जन अधिकारीका रूपमा नियुक्त गरेको छ ।


हरेक पटक विभिन्न राजनीतिक सत्ता समीकरण फेरबदल हुदा सरकारद्वारा गरीने यो राजनीतिक नियुक्तिमा हालसम्म महिलालाई भुआर्जन अधिकारीका रूपमा नियुक्त गरीएको पहिलों पटक हो ।

एमाले-कांग्रेस समीकरणको सरकारद्वारा हालै नया नियुक्ति पाएकी नवलपरासी कांग्रेस महिला नेत्रि समेत रहेकी बर्दघाट निवासी कमला पराजुलीले आज सोमवार नेपाल भारत सीमा नजिक भारतको बालमिकी नगरमा अवस्थित गण्डक कार्यालय पदभार ग्रहण गरेकी छिन।

Screenshot

भुआर्जन अधिकारीको रूपमा पदभार लिए पश्चात भू आर्जन अधिकृत पराजुलिले नेपाल भारतको सन्धी सम्झौता अनुरुप गण्डकको क्षेत्राधिकार भित्र रहेर आफ़ुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेकी छन ।

पदभार ग्रहण कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता मुकुल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको २०८१/०६/०४ को मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई नियुक्त गरेको थियो ।

नेपाल भारत बीच गण्डक योजना संचालनका सम्बन्धमा बिगतमा भएका समझौता बामोजिको क्षतिपूर्ती भारतले नेपाली पक्षलाई दिन बाक़ी करोड़ाै रक़म प्राप्तिको पहल, नियमित योजना मर्मतसंभार लगायतका बिधमान तमाम समस्याका बीचमा हुने नवनियुक्त अधिकारीको भूमिका कस्तो रहने हो गण्डक क्षेत्रबाशिन्दाको चासोको विषय रहको छ ।

Screenshot

नवनियुक्त भूअर्ज़न अधिकृत लगायत नेपाल सरकारले नियुक्त गरेका दर्जन बढ़ी कर्मचारीहरुको तलब भत्ता लगायतका सम्पूर्ण आर्थिक ब्याय भार समझतौता बामोजिम भारत सरकारले बेहोर्ने गर्दछ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार