परासी / असोज-४/ पश्चिम नवलपरासीको बर्दघाटमा चौधरी फाउण्डेसनद्दारा युवा लक्षित वित्तीय साक्षरता तालिम सम्पन्न भएकोछ ।


बर्दघाट,सरावल, प्रतापपुर र सुस्ताका ३० जना युवा उद्यमीलाई १ दिने वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको फाउण्डेसनका मेरिना रञ्जितले जानकारी गराऊनुभयो । तालिमको सहजीकरण नविल बैंकका लुम्बिनी प्रदेश प्रमुख, अमित केसीले गर्नुभएको थियो ।

सहभागिलाई लगानी, बचत, ऋण, विमा, कर प्रणाली र अन्य आर्थिक विषयहरुमा आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको फाउण्डेशनले जनाएको छ ।


