• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

सरकारद्वारा हामी उपेक्षित छौ : बर्दघाट-किसान

  •  
  • २०८१ पुष १८, बिहीबार १४:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी, पौष १८
    बर्दघाट नगरका किसानहरुले आफ़ूहरूलाई सरकारद्वारा उपेक्षित गरिएको गुनासो गरेका छन ।

    बर्दघाटका किसानहरुको करिब ३ घण्टासम्म गुनासो सुनिरहेका निवर्तमान नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताऊनुभयो । उहाँले कृषकद्वारा उत्पादित बस्तुहरुको संकलन केन्द्र स्थापन गरि पालिकाहरुको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । कृषक सम्मान र कृषकको आयमा बृद्धि गराऊन सके कृषि पेशामा आर्कषण ल्याऊन सकिने बस्यालको भनाई छ ।
    बर्दघाट उद्योगबाणिज्य संघको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आठौं बर्दघाट महोत्सवमा आयोजना गरिएको बर्दघाट नगर भित्रका कृषकका समस्या र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्र्दै नगरका किसानहरुले उक्त गुनासो गरेका हुन ।
    किसानहरुले कृषि पेशाका समस्याहरु समाधानका लागि स्थानिय, प्रदेश र संघ सरकारले उपेक्षित गरेको बताएका हुन् । आचार्य पशुपंक्षि फर्मका सञ्चालक पदमपाणि आचार्यले दुधको विक्री पश्चात पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरु पलाएन हुने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले स्थानिय सरकारले किसानलाई केन्द्रमा राखि नीति ल्याऊन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ दुध उत्पादक किसानलाई दिदै आएको अनुदान किन काटेको? एउटा पशु पाल्ने र २० वटा पशु पाल्ने किसानलाई एउटै व्यवहार गर्ने र नगरले दुधको भुक्तानीमा कुनै पनि पहल किन नगरेको?”
    त्यस्तै सृजना कृषि फार्मका सञ्चालक कृष्ण प्रसाद चापागाइ, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकिकृत कृषिफर्मका सञ्चालक नमुना घिमिरेले नगरले वितरण बर्शिम घाँसको विऊ खराब परेकाले घाँस उत्पादन नहुँदा गाई भैसिलाई के खुवाऊने हो भन्ने चिन्ताले सताएको पिडा पोख्नुभयो । नगरले दिएको विऊ राम्रो हुन्छ भन्दै ल्याएर खेतमा लगायौ । अहिले मुला जस्तो घाँस उम्रियो । जुन बर्शिम पनि होईन। त्यसपछि बजारबाट बर्शिम किनेर ल्याएको पनि उक्त झारले उम्रिन दिएन। खेतभरी त्यहि झार छ । हाँमीले पशुलाई के खुवाऊने ? यस्को क्षतिपूर्ति हामिलाई कस्ले दिने? प्रश्न गर्दै भन्नुभयो । सोझा किसानलाई सबैलाई ठग्ने रहेछन ।
    हमाल पशुफर्मका सञ्चालक लक्ष्मण जंग हमाल, ढुङ्गाना फर्मका सञ्चाल खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शंकर भट्टराईले कुनै पनि सरकार संग कृषकको प्रष्ट तथ्यांक नभएको गुनासो गर्नुभयो । स्थानिय प्रदेश र संघ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याऊने, अनुदानका सामाग्रिहरु वितरण गर्ने र त्यसको प्रतिफल नर्हेर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानि सरह भएको धारणा राख्नुभयो ।
    न्यौपाने कृर्षि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधान तर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो । नगरमा छलफल गर्न बोलाऊने, छलफल गर्ने, छलफलमा विऊ वितरण, मल, छाडा चौपाया लगायतका विषयहरु धेरै पटक उठान भए तर अहिले सम्म पनि समस्या ज्यूकात्यू छन । कति गुनासो गर्ने ? कसलाई र किन गर्ने? किसानका समस्या कस्ले सुन्ने ? कार्यक्रममा रहञ्जेल सुन्ने अनि उडाऊने । यस्तै गरेको बर्षौ भयो ।
    दाऊन्ने मिश्रीत तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताऊनुभयो । नगरले पकेट क्षेत्र घोषणा गर्यो तर विऊ माग्दा छैन । मल छैन । सिँचाई छैन । मोटर छैन । केवल कृषकलाई भुलाऊने कृषिका कुरा मात्रै छन ।
    राजेन्द्र सुनार, सुवास जिसी, बलराम भण्डारी, नारायणदत्त घिमिरे, गिरिराज गिरी लगायतले बोल्दै कृषि क्षेत्र पालिकाको प्राथमिकतामा नपेरेको बताऊनुभयो । सबैलाई पाल्ने कृषकले हो। कृषक नै उत्पादन गर्ने सवालमा सबै सरोकारवाला मौन छन । कृषि क्षेत्रमा लाग्ने युवा खै? प्रश्न गर्दैैै भन्नुभयो, “कृषि लाई सम्मानित पेशा बनाई कृषक उत्पादनमा लाग्नुपर्छ । होईन भने नेपालीले विदेश गएर कृषि गर्ने तर स्वदेशमा कृषि नगर्ने परिस्थितिले प्रशय पाऊनेछ ।”
    बर्दघाट नगरपालिका वडा नं. ५ कि वडाअध्यक्ष विमला गुरुङ्ग, वडा नं.७ का वडाअध्यक्ष धु्रव थारु, वडा नं.८का वडाअध्यक्ष कविराज आचार्य र नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशिल रहेको बताऊनुभयो । नगरमा बजारी करणको केहि समस्या रहेको उल्लेख गर्दै बन्द भएको कृषि उपजकेन्द्र कानुनी रुपमा मिलाई सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नुभयो । उपप्रमुख रुद्रप्रकाश उपाध्यायले घाँसको विऊ वितरणमा गल्ती भएको स्विकार गर्दैै टेण्डरको आधारमा कम मुल्यलाई स्विकृत गर्नुपर्ने, कम मुल्य राख्नेले नक्कली विऊ दिएकोले किसानहरु मर्कामा परेको बताऊनुभयो ।

    नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जिसि, नेकपा एमालेका नगर सचिब चोलाकान्त भट्टराई, राष्ट्रिय प्रजाटन्त पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले बोल्दै नगरले कृषि निति ल्याउनु पर्ने मा जोड दिनु भयो । कृषकहरुको वर्गीकरण, तथ्यांक संकलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरुको अनुगमनमा जोड दिनु भयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर बीउ बिजन, प्राबिधिक
    सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरु पिडामा परेको उहाहरुको भनाइ छ ।

    Post Views: 131

    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार १४:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. कारागारबाट निस्किएका कैदीबन्दीहरुमध्ये अझै २०४ जना सम्पर्कविहिन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.