७ कार्तिक २०८३, शुक्रबार

सामुदायिक बनकै अध्यक्षलाई काठ चोरीको आरोप 

सुनवल/ पौष १९

सुनवल स्थित जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सहितका ४ जनालाई बन क्षेत्रबाट सिसौका गुलिया काठ चोरीको आरोप लागेको छ ।

बन समूहकै ४ जनाको आपसी  मिलेमतोमा अनाधिकृत र अवैध तवरले सामुदायिक बन क्षेत्रबाट कटान गरि बिक्री गर्ने उद्देश्यले कार्यालय पछाड़ी लुकाईको सिसौका गुलिया काठ भेटीएको आरोप लगाईएको हो।

जनउदय सामुदायिक बन उपभोक्ता समूह बन क्षेत्रबाट मिलेमतो गरी अवैध कटान गरेको आरोप समूहका अध्यक्ष बिर बहादुर सुनार, उपाध्यक्ष रंजिता बुढ़ाथोकी , सह-सचिब खेम बहादुर गुरुंग र सदस्य राजू गुरुंगलाई लागेको हो ।

सोही बन समूहका निवर्तमान अध्यक्ष समेत रहेका बल बहादुर थापा , कर्ण बहादुर सेन , वड़ा सदस्य श्याम बहादुर गुरुंग लगायत १४ जनाको हस्ताक्षर सहितको छानबीन र कारवाहीका निम्ति उजूरी सुनवल स्थित सब-डिभीजन बन कार्यालयमा दर्र्ता गराएका छन ।

सुनवल सब-डिभीजन बन कार्यालयका प्रमुखले भने स्थलगत रूपमा निरीक्षण गर्दा निवेदकले दाबी गरे बामोज़िम ६४ थान सीसौ गुलिया ,ख़यर र दाउदा कार्यालय भवन पछाड़ी भेटीएको भए पनी थप अनुसन्धान पश्चात् मात्र सत्य तथ्य भन्न सकीने बताएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार