६ अशोज २०८३, मङ्लबार

मगर संसार फोटो ग्यालोरी ग्रुपबाट सहयोग हस्तांतरण

अनिल मगरको पहलमा मगर संसार द्वारा मृगौला पीडितलाई रू १,०३,८७५ रुपिया सहयोग हस्तांतरण

पाल्पा । ११८ जना दीन,दुःखी, गरीब बिरामिलाइ प्रत्यक्ष रुपमा करोड बढी सहयोग गरिसकेको मगर समुदायको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालोरी ग्रुपपेजले ११९ औ सहयोग हस्तांतरण गरेको छ।

पारिवारिक अवस्था कमजोर रहेका पाल्पा जिल्ला बगनासकाली ४ निवासी दुबै मृगौला पीडित निरमाया गाहा मगरलाई मगर संसार ग्रुपरपेजको संस्थापक अध्यक्ष अनिल लामिछाने मगर को पहलमा समाजिक सञ्जालमा संकलित सहयोग रकम मगर संसार फ़ोटो ग्यालरी ग्रुपको माध्यमबाट आज एक कार्यक्रम बीच रू १,०३,८७५ रुपिया सहयोग हस्तांतरण गरेको छ।

सहयोग रकम मगर संसार ग्रुपका एडमिन संचारकर्मी सबिना थापा मगरले बिरामीको हातमा हस्तांतरण गरेको हो।
अभियानको बेला अनिल मगरलाई कोरिया कार्यरत भोज चोहान मगर र मगर संसारका एडमिनहरुले साथ दीएको थियो।

 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार