• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बरु नआए बेश हुन्थ्यो

  •  
  • २०८० श्रावण ४, बिहीबार १४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बरु नआए बेश हुन्थ्यो
    अर्नी मात्रै पनि नखाने भए,
    घरमै पाकिसकेको एक गाँस खाने फुर्सदै नभएको भए
    पसिना सुकन्जेल पनि बस्न नमिल्ने हतारो भएदेखि
    सन्चो बिसन्चो सम्म सोध्न भन्ने नमिल्ने चटारो भएदेखि
    बरु एकबिहानै नआए बेश हुन्थ्यो ।

    सोधेको कुरा जवाफ पूरा नहुँदै फर्कने भए ,
    मेरो-हाम्रो बारेमा सोध्ने समय नै नभए,
    एकै क्षण बसिबियाँलो गर्न मनै नभए ,
    नजर जुधाएर मन फुकाएर कुरै नगर्ने भए,
    बरु एक बिहनै नआए बेश हुन्थ्यो ।

    कोदो रोपेर, मकै छरेर, धान गोडेर मात्रै
    न्वागी नखाँदै हतार हतार फर्किने भए,
    हरियो काँक्रा, पिंडालु, बेरौंला, वन तरुल
    अनि हरियो नुन खुर्सानी नचख्दै फर्किने भए
    बरु एक बिहानै नआए बेश हुन्थ्यो ।

    यसपाली त खोरियामा ब्याड राखी,
    जिल्याएर, बीउ राखी, बीउ काढी,
    खनी खोस्री, राम्रारी मलजल गरी,
    रोपी, गोडी, फलाई, चढाई, भित्र्याई,
    खान, चाख्न, पक्नै नपाई फर्किने भए,
    बरु एकबिहानै नआए बेश हुन्थ्यो ।

    सायद टाढै पुग्नु थियो होला
    त्यसैले उतै मन, ध्यान, नजर, पाइला बढायौ ।
    सयद उतै धेरै रमाइलो होला
    त्यसैले त्यतै हतारिँदै लम्कियौ ।
    यदि यहाँ कत्ति पनि रमाइलो नमान्ने भए
    बरु एकबिहानै नआए बेश हुन्थ्यो ।

    तिमी आफ्नो मात्रै खुशी रोज्ने स्वार्थी भएर होला
    चिनजान गरी, मनमा माया पलाउने गरी
    एक क्षण खेल्यौ, बोल्यौ, हाँस्यौ, सघायौ,
    कति छिटो म-हामीसंग तिमी खुब अघायौ
    तर म-हामी पुरै नरमाउँदै, नअघाउँदै फर्किने भए
    बरु एकाबिहानै नआएको भए बेश हुन्थ्यो ।

    तिमी सदा खुशी रहनू,
    तिम्रै स्वार्थ पूरा गर्नू,
    तिमीले सजिलै बिर्स्यौ,
    म-हामीलाई बिर्सने बिष दिनू,
    जहाँ रहे तापनि यहाँभन्दा धेरै आनन्दित हुनू,
    क्षितिज पारिको देश बिरानो कहिल्यै नमान्नू,
    तिमी स्वार्थी त पक्कै होइनौ,
    प्राकृतिक हौ,
    तिमी भावुक होइन,
    यथार्थवादी हौ,
    तर यति छिटै फर्किने भए
    बरु एकबिहानै नआएको भए बेश हुन्थ्यो ।

    पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
    सुनवल-३, नदुवा, नवलपरासी पश्चिम
    हिमाँशु भान्जप्रति समर्पित

    Post Views: 224

    प्रकाशित मिति: २०८० श्रावण ४, बिहीबार १४:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.