३ कार्तिक २०८३, सोमवार

कृष्ण जन्माष्टमी विशेष : सुनवल युनाइटेडमा धार्मिक गित नृत्य तथा भेषभूषा प्रर्दशन प्रतियोगिता

सुनवल । श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा सुनवल युनाइटेड इङ्गिलस वोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवल ४ नवलपरासीमा आज धार्मिक गित सँग सम्बन्धित नृत्य तथा भेषभूषा प्रर्दशन प्रतियोगिता सम्पन्न भएको छ । परापूर्वकाल देखी चलि आएको धर्म, संस्कृतिलाई पनि विद्यार्थीहरु मार्फत निरन्तरताको लागी विद्यालयमा यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनुभयो ।

प्रतियोगितामा नृत्य तर्फ कक्षा ६ का विद्यार्थीहरु कसम थापा, सुशीला भूषाल, बिनिता चापागाई, नेन्सी बुढाथोकी, साया गुरुङ्ग, सइस्मा ढकाल, रोमा राना र सिवानी तिवारीको समुहले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कक्षा २ का विद्यार्थीहरु मानस्वी पन्थी, खुशी खरेल, रुबिना कौशीला, सारिका थापा, प्रिन्सा श्रेष्ठ, आयुषा पाण्डे, दृष्टि भट्टराई, दिपीना चापागाई, मान्भि न्यौपाने, मेरीशा ढकाल, रेशमन सुनार, दिप्सन काफ्ले, अमृत पाण्डे, अनमोल पौडेल, प्रतिक चापागाई, जुलिएन हमाल र आरभ शर्माले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी कक्षा ५ का विद्यार्थीहरु अनुष्का बि.क, प्रियन्शा कण्डेल, नाम्सु राना, दिया राना, मान्भि थापा, रोशनी कुवर, इभाना आले, दिव्या कुवर, सन्ध्या लम्साल, सुप्रभा पौडेल र ईशा पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कक्षा ४ का विद्यार्थीहरु शिशिर ढकाल, रिजन पौडेल, आरभ पाण्डे, सुदिप बस्याल, अनुराग पौडेल, बसुन्धरा खवास, आइशा कवर, समृद्धि ढकाल, संस्कृति घिमिरे, कृतिका कवर, जस्मिन कुवर र पुजा वर्माले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी पूर्व प्रा.वि तहको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जीकी नम्सीन सारु प्रथम, कक्षा एल.के.जीकी सरिता थापा द्वितीय र कक्षा नर्सरी की सन्शा थापाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी पूर्व प्रा.वितहको छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जीका कपिल अधिकारील प्रथम, कक्षा नर्सरीका देव प्रसाद ढकाल द्वितीय र कक्षा नर्सरीका आभास कवरले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी कक्षा १ देखी ६ सम्मको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा १ की केन्जल राना प्रथम, कक्षा २ की मान्भि न्यौपाने द्वितीय र कक्षा ५ नाम्सु रानाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा ४ का रिजन पौडेल प्रथम, कक्षा १ का प्रतिक राना द्वितीय र कक्षा २ का प्रतिक चापागाईले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

विद्यालयका प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु लेबिसा सेन र प्रिन्सी कार्कीको संचालनमा भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार