नवलपरासी, मंसिर १९

नवलपरासी कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्य बैकिङ·कसुर सम्वन्धी मुद्दामा फरार सूचीमा रहेको तथ्य वाहिरिएको छ । नवलपरासी बर्दघाट- ९, पन्चनगर निवासी आचार्यले बर्दघाट- ४ स्थित सिद्धबाबा बहुउदेश्शीय सहकारी संस्था लिमिटेडबाट लिएको करिव ७५ लाख रुपैया विगत देखी चुक्ता नगरेको आरोपमा सहकारीले बैकिङ·कसुर एवं ठगी सम्वन्धी मुद्दा दायर गरेको थिय । हाल जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएको र अचार्य फरार रहेको नवलपरासी प्रहरी प्रमुख काजी कुमार आचार्यको भनाइ छ ।
उता बैकिङ·कसुर सम्वन्धी फरार सूचिमा रहेका अचार्य कांग्रेसका जिल्लास्तरका पदाधीकारी भएकाले उनलाई पक्राउ नगरिएको आरोप सिद्धबाबा बहुउदेश्शीय सहकारीका अध्यक्ष जीतबहादुर श्रेष्ठले लगाएका छन ।
उता समाजका सार्बजनिक कार्यक्रममा सहजरूपमा देखिदै आएका आचार्यलाई प्रहरी देख्न सक्ने अवस्था रहदा समेत पक्डाउ हुन नसक्नुले प्रहरीको मूमिकामा समेत प्रश्न उठाइएको छ । जिल्ला अदालत नवलपरासीको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासीले गत असोज २१ गतेनै आचार्य बिरुद्ध पक्राउ पुर्जी जारी गरेतापनि कुलदीप आचार्यलाई पक्राउ गर्न प्रहरीले आलटाल गर्दै आएको सहकारी संस्थाको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख काजी कुमार आचार्यका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी पश्चात फरार रहेको तर, जुन सुकै समयमा आचार्यलाइ कानुनी कठघरामा उभ्याइने एसपी आचार्यको भनाइ छ । आचार्य कांग्रेस बरिष्ठ नेता डा शेखर कोईरालासमुह निकट रहदै अएका छन् । आचार्यले रकम लिएर पनि सहकारी संस्थालाई पैसा नभएको चेक दिएर झुक्याइ सहकारीका कर्मचारीहरुलाई समेत सहकारी ऐन वारे सदाचारी ज्ञान सिकाउने गरेको सहकारीको आरोप छ । सहकारी संस्थाले आचार्यसंग असुलवाकी रकम माग गर्दा राजनीति शक्तिको आडमा उल्टै संस्थाको गोपनियता बाहिर ल्याउने भन्दै धम्कीयाउने गरेकाे सहकारी संस्थामा कार्यरत कर्मचारीको भनाइ छ ।
आचार्य विगतमा करीव ६ महिना अघि समेत लेनदेन मुद्दामा झापा प्रहरीको अनुसन्धानमा नवलपरासीमा पक्राउ परी जिल्ला अदालत झापाबाट धरौटीमा रिहा भएका हुन् । व्यावसायि आचार्य नवलपरासीमा ईट्टा उद्योग र धनगढीमा जग्गा जमिनको लगायत कारोवारमा संलग्न रहेको वताइएको छ ।



