३० अशोज २०८३, शुक्रबार

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको ११औँ स्थापना दिवसको अवसरमा सात विद्यालय सम्मान

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको ११औँ स्थापना दिवसको अवसरमा “हामी सुधार्छाैं हाम्रो विद्यालय” राष्ट्रिय अभियान अन्तर्गत सात प्रदेशका सात विद्यालयलाई सम्मान गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

समाज सुधारको अभियान अन्तर्गत सात प्रदेशका उत्कृष्ट विद्यालयलाई सम्मान गर्ने परम्परा यसपालि पनि निरन्तरता दिइएको छ। महासंघका अनुसार अबको लक्ष्य ७७ वटै जिल्लाका विद्यालयलाई सम्मानयोग्य बनाउन पहल गर्ने रहेको छ। नीति, विधि, पद्धति, संस्कृति तथा राजनीति सुधार्ने जिम्मेवारी स्वयं नागरिककै रहेको भन्दै सामुदायिक विद्यालय सुधारमा सबैको सक्रिया सहभागिता आवश्यक रहेको महासंघले उल्लेख गरेको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको स्थापना २०७० साल चैत १८ गते भएको हो। हालसम्म चार प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ भने तीन प्रदेशको सम्मेलन अझै बाँकी छ। महासंघले विभिन्न शैक्षिक सुधार अभियानहरु सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि समितिका सभापति माननीय अमर बहादुर थापा रहनुभएको थियो। उहाँले सामुदायिक विद्यालय सुधारका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो।

विशेष अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य संघीय सांसद माननीय जीवन परियारको उपस्थिति रहेको थियो। उहाँले शिक्षामा लगानी वृद्धि गर्नु आजको आवश्यकता भएको बताउनुभयो।

अन्य अतिथिहरुमा शिक्षाविद् डा. महाश्रम शर्मा, शिक्षाविद् डा. अमिना सिंह, शिक्षक महासंघका पूर्व अध्यक्ष कमला तुलाधर, अभिभावक महासंघका अध्यक्ष शुभप्रभात भण्डारी लगायतको उपस्थिति रहेको थियो। डा. महाश्रम शर्माले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा शिक्षकहरुको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। डा. अमिना सिंहले शिक्षामा प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। कमला तुलाधरले शिक्षक महासंघको योगदान स्मरण गर्दै सामुदायिक विद्यालयको सुधारका लागि नीति निर्माणमा शिक्षकहरुको सहभागिता आवश्यक रहेको बताउनुभयो। शुभप्रभात भण्डारीले अभिभावकको सक्रिय सहभागिता नै विद्यालय सुधारको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

सम्मानित विद्यालयहरू:

कोशी प्रदेश: जनता मावि, अर्जुनधारा नपा वडा न. ३, झापा।

मधेश प्रदेश: राष्ट्रिय मावि, भँगहा नपा वडा न. ४, महोत्तरी (अध्यक्ष सन्तोष महतो)।

बागमती प्रदेश: राष्ट्रिय आधारभूत विद्यालय, माडी नपा वडा न. ३, चितवन।

गण्डकी प्रदेश: काजिमान हरिटिका मावि, पुतलीबजार नपा वडा न. ३, स्याङ्जा।

लुम्बिनी प्रदेश: आधारभूत मावि, रामपुर नपा।

कर्णाली प्रदेश: लक्ष्मी आधारभूत बिद्यालय, छत्रेश्वरी गापा, वडा न. १, सल्यान

सुदुरपश्चिम प्रदेश: श्री सिद्देश्वर मावि, पाटन नपा वडा न. ९ बैतडी

सामुदायिक विद्यालय सुधारको यो अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा थप विद्यालयलाई सम्मान गर्ने महासंघले जनाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार