• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको ११औँ स्थापना दिवसको अवसरमा सात विद्यालय सम्मान

  •  संवाददाता
  • २०८१ चैत्र १९, मंगलवार १२:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको ११औँ स्थापना दिवसको अवसरमा “हामी सुधार्छाैं हाम्रो विद्यालय” राष्ट्रिय अभियान अन्तर्गत सात प्रदेशका सात विद्यालयलाई सम्मान गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    समाज सुधारको अभियान अन्तर्गत सात प्रदेशका उत्कृष्ट विद्यालयलाई सम्मान गर्ने परम्परा यसपालि पनि निरन्तरता दिइएको छ। महासंघका अनुसार अबको लक्ष्य ७७ वटै जिल्लाका विद्यालयलाई सम्मानयोग्य बनाउन पहल गर्ने रहेको छ। नीति, विधि, पद्धति, संस्कृति तथा राजनीति सुधार्ने जिम्मेवारी स्वयं नागरिककै रहेको भन्दै सामुदायिक विद्यालय सुधारमा सबैको सक्रिया सहभागिता आवश्यक रहेको महासंघले उल्लेख गरेको छ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको स्थापना २०७० साल चैत १८ गते भएको हो। हालसम्म चार प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ भने तीन प्रदेशको सम्मेलन अझै बाँकी छ। महासंघले विभिन्न शैक्षिक सुधार अभियानहरु सञ्चालन गर्दै आइरहेको छ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि समितिका सभापति माननीय अमर बहादुर थापा रहनुभएको थियो। उहाँले सामुदायिक विद्यालय सुधारका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो।

    विशेष अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य संघीय सांसद माननीय जीवन परियारको उपस्थिति रहेको थियो। उहाँले शिक्षामा लगानी वृद्धि गर्नु आजको आवश्यकता भएको बताउनुभयो।

    अन्य अतिथिहरुमा शिक्षाविद् डा. महाश्रम शर्मा, शिक्षाविद् डा. अमिना सिंह, शिक्षक महासंघका पूर्व अध्यक्ष कमला तुलाधर, अभिभावक महासंघका अध्यक्ष शुभप्रभात भण्डारी लगायतको उपस्थिति रहेको थियो। डा. महाश्रम शर्माले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा शिक्षकहरुको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। डा. अमिना सिंहले शिक्षामा प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। कमला तुलाधरले शिक्षक महासंघको योगदान स्मरण गर्दै सामुदायिक विद्यालयको सुधारका लागि नीति निर्माणमा शिक्षकहरुको सहभागिता आवश्यक रहेको बताउनुभयो। शुभप्रभात भण्डारीले अभिभावकको सक्रिय सहभागिता नै विद्यालय सुधारको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

    सम्मानित विद्यालयहरू:

    कोशी प्रदेश: जनता मावि, अर्जुनधारा नपा वडा न. ३, झापा।

    मधेश प्रदेश: राष्ट्रिय मावि, भँगहा नपा वडा न. ४, महोत्तरी (अध्यक्ष सन्तोष महतो)।

    बागमती प्रदेश: राष्ट्रिय आधारभूत विद्यालय, माडी नपा वडा न. ३, चितवन।

    गण्डकी प्रदेश: काजिमान हरिटिका मावि, पुतलीबजार नपा वडा न. ३, स्याङ्जा।

    लुम्बिनी प्रदेश: आधारभूत मावि, रामपुर नपा।

    कर्णाली प्रदेश: लक्ष्मी आधारभूत बिद्यालय, छत्रेश्वरी गापा, वडा न. १, सल्यान

    सुदुरपश्चिम प्रदेश: श्री सिद्देश्वर मावि, पाटन नपा वडा न. ९ बैतडी

    सामुदायिक विद्यालय सुधारको यो अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा थप विद्यालयलाई सम्मान गर्ने महासंघले जनाएको छ।

    Post Views: 602

    प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार १२:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.