३ कार्तिक २०८३, सोमवार

सुनवलमा वैदेशिक रोजगारीबाट फर्केकालाई पुनःएकीकरण कार्यक्रम

सुनवल । सुनवल नगरपालिकामा आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम सम्पन्न भएको छ । पुनः एकीकरण कार्यक्रम अन्तर्गत तालिम नगर उप प्रमुख सूर्य प्रसाद दुबेको अध्यक्षतामा र सामाग्री वितरण कार्यक्रम नगर प्रमुख विमला अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो कार्यक्रमबाट ३४ जना लाभग्राहीहरुलाई उनीहरूकै मागको आधारमा कृषि, पशुपालन, सिलाई कटाई, मौरी पालन, कुटाई पिसाई जस्ता व्यवसायसँग सम्बन्धित सामाग्रीहरु हस्तान्तण गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोगमा सुनवल नगरपालिका र लाभग्राहीको समेत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

यस अघि २०८० असार ५ देखि ८ गतेसम्म सो कार्यक्रमका लाभग्राहीहरुलाई उद्यमशीलता प्रवर्धन, कृषि तथा पशुपालन सम्बन्धी ४ दिने तालिम सञ्चालन भएको थियो । उक्त कार्यक्रम सुनवल नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत सञ्चालन भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार