३ कार्तिक २०८३, सोमवार

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई १०-१० लाख, गोली चलाउन आदेश दिने प्रहरी अधिकारी निलंबित

काठमाण्डौ ।

सरकारले  बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

सुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको ज्यान गएको थियो ।

यस्तै, उहाँले यो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको बताउनु भएको छ । यो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको उहाँले बताउनु भयो ।

उहाँले ईपीएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले पनि यो परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले यो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताउनु भयो ।

भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई सरकारले कारबाहीको दायरामा ल्याउदै विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । यस गरि प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (ईपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी त्यस क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला सवार गाडी लैजाने सुरक्षाकर्मीलाई पनि नारायणकाजी श्रेष्ठको निर्देशनमा निलम्बन गरिएको छ । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार