४ कार्तिक २०८३, मङ्लबार

पुर्व राजा ज्ञानेन्द्र शाह नवलपरासीमा अभिनन्दित

नवलपरासी /  पुर्व राजा ज्ञानेन्द्र शाहलाई नवलपरासीमा हजारौ नागरिकहरुका बिच अभिनन्दन गरीएको छ । 

मंगलबार जिल्लाको सरावल ७ बर्दघाटे स्थित कालिका मन्दिरको दर्शनका क्रममा आएका पुर्ब राजा शाहलाई हजारौको संख्यामा उपस्थित नागरिकले नागरिक अभिनन्दन गरेका हुन ।

१ साता देखी देश दौडाहामा निस्किएका पुर्वराजा शाहलाई स्थानीय नागरिकको तर्फबाट स्वागत अभिनन्दन  गरीएको  मुल समारोह समिति संयोजक सुधिर पाण्डेले बताए।

अभिनन्दन कार्यक्रममा मा सांसद धुब्र बहादुर प्रधान, रामग्राम नगरपालिकाका तर्फबाट कार्यबाहक नगर प्रमुख सम्झना चौधरी लगायतले स्वागत गरेका थिए ।
पुर्ब राजा शाहले अभिनन्दन ग्रहण गर्दै ऐतिहासीक बर्दघाटे कालिका मन्दिरमा पुजा अर्चना गरेका थिए ।

नागरिक अभिन्नन्दन समारोहमा कुनै सम्बोधनका शब्द उच्चारण नगरि फर्किएका शाहले प्रतिनिधि सभा सदस्य प्रधान मार्फत उपस्थित नागरिकमा धन्यवाद ज्ञापन गरेका थिए।

पुर्ब आईजीपी समेत रहेका सांसद प्रधानले राजाको आगमनले बर्दघाटे मन्दिरको संरक्षण, संवर्द्धन , प्रचारप्रसार र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । नवलपरासीका हज़ारौ नागरिकबाट प्राप्त उल्लासपूर्ण अभिनन्दनबाट पूर्ब राजा आनन्दित देखिएको समर्थकहरुको बुझाई रहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार