४ कार्तिक २०८३, मङ्लबार

मुलुकको समस्या समाधानको निर्विकल्प मार्ग, संविधान संशोधन: हृदयेश त्रिपाठी

नवलपरासी —जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एबमपूर्ब मन्त्री हृदयेश त्रिपाठीले मुलुकमा देखीएको वर्तमान समस्याको  निकासका निम्ति संविधान संशोधन एकमात्र विकल्प भएको बताएका छन् ।

 नवलपरासी/परासीमा आज पार्टीले आयोजना गरेको पत्रकार भेटका क्रममा नेता त्रिपाठीले यो तथ्य टिप्पणी गरेकाहुन् । संविधान संशोधनका लागि ठूला तीन दलबीच मिलेर सहमतिका साथ अघि बढे मात्र देशले निकास पाउने ज़िकिर गरे ।

संविधान संशोधन र मुलुकमा देखिएको वर्तमान चुनौतीको सामनागर्न राजनीतिक दलबीच अघोषित कार्यदल मार्फत आफ्नो पहलमा छलफल भइरहेको समेत उनले बताए । जनतामा निहित चरम निराशा घटाई आर्थिक रसामाजिकरुपमा मुलुकलाई सबल बनाउन संविधान संशोधन आवश्यक देखिएको  दाबी गरे । अध्यक्ष त्रिपाठीलेसंविधानमा आवश्यक संशोधनका विषय भने दलहरु बिच गम्भीररूपमा हुने छलफलबाट टुंगो लाग्ने बताए । 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार