नवलपरासी —जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एबमपूर्ब मन्त्री हृदयेश त्रिपाठीले मुलुकमा देखीएको वर्तमान समस्याको निकासका निम्ति संविधान संशोधन एकमात्र विकल्प भएको बताएका छन् ।


नवलपरासी/परासीमा आज पार्टीले आयोजना गरेको पत्रकार भेटका क्रममा नेता त्रिपाठीले यो तथ्य टिप्पणी गरेकाहुन् । संविधान संशोधनका लागि ठूला तीन दलबीच मिलेर सहमतिका साथ अघि बढे मात्र देशले निकास पाउने ज़िकिर गरे ।
संविधान संशोधन र मुलुकमा देखिएको वर्तमान चुनौतीको सामनागर्न राजनीतिक दलबीच अघोषित कार्यदल मार्फत आफ्नो पहलमा छलफल भइरहेको समेत उनले बताए । जनतामा निहित चरम निराशा घटाई आर्थिक रसामाजिकरुपमा मुलुकलाई सबल बनाउन संविधान संशोधन आवश्यक देखिएको दाबी गरे । अध्यक्ष त्रिपाठीलेसंविधानमा आवश्यक संशोधनका विषय भने दलहरु बिच गम्भीररूपमा हुने छलफलबाट टुंगो लाग्ने बताए ।



