४ कार्तिक २०८३, मङ्लबार

नवलपरासी प्रहरीले सामात्यो भंसार छलीका मोबाईल टेम्पर ग्लास र चिनी:::

परासी / नवलपरासी–प्रहरीले बर्दघाटबाट १९ लाख ८० हजार बराबरको मोबाईलमा लगाईने टेम्पर ग्लास र पाल्हिनन्दनबाट १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार प्रहरीले बर्दघाट ४ बाट ३० कार्टुन मोबाईलमा प्रयोगगरिने टेम्पर ग्लास र  पाल्हिनन्दन ५ गेर्मामा छापा मार्दा १ सय ४९ बोरा चिनी बरामद गरेको हो ।

बर्दघाटको एक पसलमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको ३० कार्टुन टेम्पर ग्लास बरामद गरिमहेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । यसै गरी पाल्हिनन्दनमा सोमै गौँडले संचालन गरेको गुलसन नितलेशराइस मिल उधोगको गोदाममा भण्डार गरि राखिएको डेढ़सय बोरा चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयपश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिए ।

बरामद गरिएको ५ लाख ९६ हजार बराबरको चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलपठाइएको प्रहरीले जनाएको छ।

खुल्ला सिमानाको फाईदा उठाउदै तस्कर पेसेबर ब्यापारीहरुले भारतबाट अवैध रुपमा चिनी,चामल,धान,केराउलगायतका खाद्य समाग्रीको तस्करी मार्फ़त भित्र्याई सो सीमा नजीक स्थानमा भण्डारण गरि नवलपरासीबाट सेटीग मिलाई देशकां ठुला सहरमा विक्रि गर्ने गरेको पाईएको छ।

आज मात्र गृहमन्त्रीमा नियुक्त भएका रबी लामीच्छानेको कमाण्डले सीमामा चलीरहेको नियमित तस्करी रोकीने कर्मठ ब्यापारीहरुको बिश्वाश रहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार