परासी / श्रावण – २४

परासी बज़ार स्थित एक घरबाट लागू औषध/ड्रग्स सहित कारोबारी र सेवनकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासीको रामग्राम नगरपालिका ०२ कालिकाटोलमा रहेको मोहम्मद सरिफ कुरेशीको घरबाट लागु औषध खरिदतथा विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले घेरा हाली पक्राऊ गरेको हो ।
बिशेष सुचनाका आधारमा मोहम्मद सरिफ कुरेशीको घर खानतलासी गर्दा क्रममा दोस्रो तल्लाको पुर्व तर्फकोकोठाबाट सुनवल नगरपालिका वडा नं.१२ बस्ने वर्ष २४ को संदिप परियार, रूपन्देही देवदह नगरपालिका वडा नं.७बस्ने वर्ष १९ को राजन वि.क.,रूपन्देही रोहिणी गाउँपालिका वडा नं.०६ बस्ने वर्ष ३९ को ईरशाद मियालाई लागु औषध सेवन गरी लठ्ठीएकोअवस्थामा फेला पारि नियन्त्रणमा लिईएको नवलपरासी प्रहरीका डीएसपी रेशम बोहराले जानकारी दिएका छन । निज २६ वर्षीय मोहम्मद सरिफ कुरेशीको घरबाट डाईजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल, प्रयोग गरिएको सिरिन्ज १ थान लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ भएकाहरु माथी लागू औषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई थप अनुसन्धान सुरू गरीएको प्रहरीले जनाएको छ।
आरोप प्रमाणित भएमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार निजहरुलाई दुई वर्ष देखि दशवर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने कानूनमा उल्लेख छ ।



