३ कार्तिक २०८३, सोमवार

नवलपरासी प्रहरीले सामात्यो भंसार छलीका मोबाईल टेम्पर ग्लास र चिनी:::

परासी / नवलपरासी-प्रहरीले बर्दघाटबाट १९ लाख ८० हजार बराबरको मोबाईलमा लगाईने टेम्पर ग्लास र पाल्हिनन्दनबाट १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार प्रहरीले बर्दघाट ४ बाट ३० कार्टुन मोबाईलमा प्रयोगगरिने टेम्पर ग्लास र  पाल्हिनन्दन ५ गेर्मामा छापा मार्दा १ सय ४९ बोरा चिनी बरामद गरेको हो । बर्दघाटको एक पसलमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको ३० कार्टुन टेम्पर ग्लास बरामद गरिमहेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । यसै गरी पाल्हिनन्दनमा सोमै गौँडले संचालन गरेको गुलसन नितलेशराइस मिल उधोगको गोदाममा भण्डार गरि राखिएको डेढ़सय बोरा चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयपश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिए । बरामद गरिएको ५ लाख ९६ हजार बराबरको चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलपठाइएको प्रहरीले जनाएको छ। खुल्ला सिमानाको फाईदा उठाउदै तस्कर पेसेबर ब्यापारीहरुले भारतबाट अवैध रुपमा चिनी,चामल,धान,केराउलगायतका खाद्य समाग्रीको तस्करी मार्फ़त भित्र्याई सो सीमा नजीक स्थानमा भण्डारण गरि नवलपरासीबाट सेटीग मिलाई देशकां ठुला सहरमा विक्रि गर्ने गरेको पाईएको छ। आज मात्र गृहमन्त्रीमा नियुक्त भएका...

मुलुकको समस्या समाधानको निर्विकल्प मार्ग, संविधान संशोधन: हृदयेश त्रिपाठी

नवलपरासी —जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एबमपूर्ब मन्त्री हृदयेश त्रिपाठीले मुलुकमा देखीएको वर्तमान समस्याको  निकासका निम्ति संविधान संशोधन एकमात्र विकल्प भएको बताएका छन् ।  नवलपरासी/परासीमा आज पार्टीले आयोजना गरेको पत्रकार भेटका क्रममा नेता त्रिपाठीले यो तथ्य टिप्पणी गरेकाहुन् । संविधान संशोधनका लागि ठूला तीन दलबीच मिलेर सहमतिका साथ अघि बढे मात्र देशले निकास पाउने ज़िकिर गरे । संविधान संशोधन र मुलुकमा देखिएको वर्तमान चुनौतीको सामनागर्न राजनीतिक दलबीच अघोषित कार्यदल मार्फत आफ्नो पहलमा छलफल भइरहेको समेत उनले बताए । जनतामा निहित...

नवलपरासीका पर्यटन संभावित स्थानको संघीय पर्यटन राज्यमन्त्त्रीद्वारा भ्रमण 

काठमाण्डौ । फागुन १८ गते ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नवलपरासीका पर्यटकिय गन्तब्यहरुकोअवलोकन गरेकी छन ।  हिन्दु र मुसलमान समुदायको साझा तिर्थस्थलको रुपमा परिचित पश्चिम नवलपरासीको मदार-बाबा मेला उदघाटनकालागि नवलपरासी आएकी  राज्यमन्त्री सिर्पालीले वर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक कन्चनपुरगढी र सुनवलमारहेको ऐतिहासिक देवदह तालको अवलोकन गरेकी छन ।  वर्दघाट नगरपालिकाको वार्ड नम्बर १४ को खुजुरा होलाको माथिल्लो भागमा रहेको ऐतिहासिक कन्चनपुरगढीलाईपर्यटन मन्त्रालयले देशका घुमनु पर्ने एक सय गन्तब्य मध्य एक गन्तब्यको रुपमा सूचिकृत गरेको भए पनि योऐतिहासिक गढ़ी प्रचार प्रसारको कमीले ओझेलमा छ ।  कन्चनपुर गढिमा पाल्पाली सेन राजाको बेलामा बनेका अनेकप्रकारका प्राचिन संरचना एवं प्रमाणहरु फेला परेको भए पनि आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो स्थानपछि परेको हुनाले यो स्थानको पुरातात्वीक अध्ययनको आवश्यकता रहेको वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कन्चनपुरढीको स्थलगत अवलोकन गरे पछियो ऐतिहाकि स्थल रहेकोले यस क्षेत्रमा प्राप्त प्रमाणहरुको सरक्षण गरी पुरातात्विक विषयका विज्ञहरुबाट अध्ययनअनुसन्धान गर्न आफुले पहल गर्ने बताउनु भएको छ । भौगोलिक रुपमा पनि प्रचुर संभावना स्थान गरेको र ऐतिहासिक, पुरातात्वीक महत्वको हिसबले पनि यो स्थान महत्वपुर्ण रहेको भन्दै यस क्षेत्रको विकास र संरक्षणका लागि केन्द्रसरकारको तर्फ देखी आफुले हर सम्भव प्रयास गर्ने बताएकी छन ।  यसै गरी राज्यमन्त्री सिर्पाली ठकुरीले पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको ऐतिहासिक देवदह तालको समेतअनवलोकन गरेकि छन् । राज्यमन्त्री सिर्पालीको अनुगमनको अवसरमा देवदह तालको एतिहासिकता र यहाँकोविषेशताको बारेमा सुनवल नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यले ब्रीफ गरेका थिए ।ऐतिहासिक तालको अनुगमन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले नवलपरासी बुद्धकोएतिहासिकतासंग गहिरो सम्बन्ध रहेको जिल्लाको रुपमा रहेको हुनाले पर्यटन मन्त्रालयले केही समय पछि जिल्लाकोसबै ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको पुरातत्व विभागका विषेशज्ञ सहितको टोली आएर आवश्यक प्रारम्भिकअध्ययन गर्ने बताएकी हुन।  बुद्धको मावली प्राचिन कोलिय राज्यको राजधानीको अध्ययनका क्रममा नवलपरासीको पण्डीतपुरमा प्राचिनप्रमाणहरु भेटियो र देवदह ताल पनि पश्च्मि नवलपरासीमा नै हुनु पर्ने अवश्था आए पछि सुनवल ७ को उक्त ताल नैप्राचिन देवदह ताल हुन सक्ने अनुमान गरिएको बेलामा राज्यमन्त्रीको अनुगमनले यसलाई अझै उजागर गर्नेनवलपरासीबासीले आशा गरेका छन ।

नि:शुल्क स्वास्थ शिबिरमा ४ सय ७३ जना लाभान्वित

नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा आयोजित निशुल्क बृहत स्वास्थ शिबिरमा ४ सय ७३ जना सर्वसाधारण लाभान्वित भएका छन् । अप्टीमिष्टिक क्लब अफ़ नवलपरासी र पतन्जली...

नेल्टा नवलपरासीद्वारा प्रभावकारी शिक्षण सिकाई सम्बन्धी तालिम सम्पन्न

पुराण गुरुङ्ग,माघ २०। नेल्टा नवलपरासीको आयोजना र नेल्टा रामग्रामको सह आयोजनामा एक दिने शिक्षक तालिम आदर्श मा वि, रामग्राम-५, परासीमा आज सम्पन्न भएको ...

नेपाली समाजका शिप र कलालाई ब्यावसायिक बनाउछौ : राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

काठमाण्डौ, माघ १९ / संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपाली समाजका शिप, कला र परम्परागत ज्ञानलाई उत्पादन मुलक...

स्थानीय सरकारहरु भवन संहिताको कार्यान्वयन गर्न असक्षम:शहरी विकास मन्त्री गुरुङ

सरकारकी शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय सरकारहरु राष्ट्रीय भवन संहिताको कार्यान्वयन गर्न असक्षम देखीएको बताउनुभएको छ । डिप्लोमा इन्जिनियर्स एशोसिएशन (डीन)ले भूकम्प दिवसको परिवेशमा...

कांग्रेस सहकारी विभागको ध्यान सहकारी महासंघ महाधिवेशनको तयारीमा, केन्द्रिय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागले सहकारीहरुको केन्द्रिय संघ सहकारी महासंघको साधारण सभा तथा अधिवेशनमा ध्यान केन्द्रित गर्दै ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेको...

पुर्व राजा ज्ञानेन्द्र शाह नवलपरासीमा अभिनन्दित

नवलपरासी /  पुर्व राजा ज्ञानेन्द्र शाहलाई नवलपरासीमा हजारौ नागरिकहरुका बिच अभिनन्दन गरीएको छ ।  मंगलबार जिल्लाको सरावल ७ बर्दघाटे स्थित कालिका मन्दिरको दर्शनका क्रममा आएका पुर्ब...

सुनवलमा वहुउपयोगी ध्यान केन्द्र स्थापनार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ हुने

सुनवल / पौष-१६- आधुनिक समाजमा मानव स्वास्थ्य दिन प्रतिदिन जटिल वन्दै गैरहेको परिपेक्षलाई दृष्टिगत गर्दै सुन्दर नगरी सुनवलमा वहुउपयोगी ध्यान केन्द्रको परिकल्पनाका साथ श्रीमद्भागवत...

ताजा समाचार