१० अशोज २०८३, शनिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

सूचनाको-हक कार्यान्वयन पूर्णरूपमा हुनुपर्छ :लुम्बिनी-मुख्यमन्त्री आचार्य

दाङ/ असोज/ ११ /सरोज धिताल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनु भएको छ ।...

सुस्तामा राष्ट्रपतिबाट गरियो देशकै लामों झोलूँगेपुल संचालनको औपचारिक शुभारम्भ

परासी,१० असोज ।  Screenshot राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीस्थित नारायणी नदिमा निर्माण गरिएको नेपालकैसबैभन्दा लामो सुस्ता झोलुङ्गे पुलको औपचारिक शुभारम्भ गरेका छन ।  २०७२ सालमा निर्माण सुरु गरीएको पुल क़रीब २१ करोड़ लागतमा ९ वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५७१ मिटर...

कोटहीमाइ गाउपालिका बासीलाई निःशुल्क-झूल, डेंगू मच्छेरलाई हुनेभो झूल बाहिर -भूल

मर्चवार/ रुपन्देहीकोटहीमाइ गाउपालिकाले पालिकाबासी नागरिकहरुलाई हीजो मंगलवार निःशुल्क झुल बितरण गरेको छ । डेंगु ज्वरो रोगको रोकथाम र नियन्त्रणका लागी गाउपालिका भित्रका हरेक वडामा...

तराईमा जितिया पर्व:आस्था र महत्व बढ़दै, आज समापन हुदै

परासी / असोज ०९  सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने तराई क्षेत्रमा महिला हरुको पवित्रआस्था उजागर गर्ने ‘जितिया पर्व ’नहा खा अर्थात नुहाएर खाने विधि सहित मनाउने परम्परा बढ़दै ग़एको छ । Screenshot प्रत्येक वर्ष तिथिको अनुसार यस वर्ष ७ गतेबाटनै  नहा खा विधिबाट शुरुभएको  जितिया पर्वमा व्रतालु महिलाहरुहिजो८ गते बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा आज  बुधवार दिनभरि उपवास बसबसीरहेका छन् ।  आज बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ ।  व्रत (उपवास) आरम्भ...

पूर्वीनवलपरासीको दुम्कीबास स्थित राजमार्गमा भारतीय बस दुर्घटना: २३ जना घाइते

नवलपरासी/नवलपुर - असोज ८ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नवलपुरको दुम्कीबासमा आज बिहान भारतीय न.को बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट भारतको...

नवलपरासी स्थित गण्डक-कार्यालयमा सरकारको नया नियुक्ति: भुआर्जन अधिकारीमा महिला पहिलो पटक

नवलपरासी/ असोज ७ नवलपरासी स्थित गण्डक-ब्यवस्थापन कार्यालयमा सरकारले पहिलो पटक महिलालाई भुआर्जन अधिकारीका रूपमा नियुक्त गरेको छ । हरेक पटक विभिन्न राजनीतिक सत्ता समीकरण फेरबदल हुदा...

चौधरी फाउण्डेसनको आयोजनामा पश्चिम नवलपरासीका युवालाई वित्तिय साक्षरता तालिम

परासी / असोज-४/ पश्चिम नवलपरासीको बर्दघाटमा चौधरी फाउण्डेसनद्दारा युवा लक्षित वित्तीय साक्षरता तालिम सम्पन्न भएकोछ । बर्दघाट,सरावल, प्रतापपुर र सुस्ताका ३० जना युवा उद्यमीलाई...

श्री लोकेश्वोर बैरागनाथ खानेपानी सस्थाको निःशुल्क स्वास्थ्य शिविरमा ९०० बढ़ी लाभान्वित

सुनवल भाद्र /२९ श्री लोकेश्वोर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता सस्था, चाररपालाको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। ९०१ जना स्थानीय बिरामीहरुको...

ACU & PEC 1st Inter-College Girls बास्केटबल उपाधी गोल्डेन गेट इन्टरनेशनल कलेज लाई

काठमाण्डू/ भाद्र २२ ACU & PEC 1st Inter-College Girls Basketball Tournament 2024 को उपाधी गोल्डेन गेट इन्टरनेशनल कलेजले जीतेको छ। रोमांचक र प्रतिस्पर्धात्मक खेलहरू...

तीज पर्वको त्यो मौलिक परम्परा र बर्तमान अवस्था..?

पुजा लम्साल/ चितवन/०८१-भाद्र हाम्री आमाले दिएको दुध र भात, चरेसे थालमा खाम्ला वरिलै।बाबाआमा जुन र घाम,दाजु र भाईले सम्झे त आफ्नो वरिलै।।हाम्रा वावाले दिएका गर्दुवा,थाल र कचौरा झालेमाले गाई।।कहिले कहिले म माईत आउदा,हासेरै वोले है जेठा मेरा दाई।। हामी ससाना छँदा गाउँघरमा जम्मा भएर हजुरआमा, आमा, सानिमा, माईजु, दिदीहरुले तीजको समय यस्तै गीतहरुगाउनुहुन्थ्यो । विवाह भएर टाढा गएकी चेलीलाई दाजु, भाइ वा बुवा लिन जाने, माइतिमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिने, चेलीबेटीको घरको अवस्था उसको पीर मर्कालाई आफ्ना दिदीबहिनी इस्टमित्रका माझगीतका माध्यमद्वारा पोख्ने चलन थियो । दिनभरी आ–आफ्ना घरको कामकार्य सकेर रात परेपछि गाँउका सवै महिला जम्मा भएर गाइएको गीतमा माइतीकागुणगान अनि गुनासो हुन्थे । बिवाह गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका वेदनाका कुराहरु समेटिएका हुन्थे । यस्तागीतमा नाच्दा सम्पूर्ण गाउँ नै रमाइलो हुन्थ्यो । सामाजिक रूपमा वर्षायामको समाप्तिसँगै आउने तीज पर्वमा घरबाट धेरैटाढा विवाह भएर गएका छोरीचेली माइती घरमा जुट्न, परिवारजनमा आत्मीयता अभिवृद्धि गर्न, मित्रभाव बढाउन, इष्टमित्र, नाताकुटुम्ब, साथीसंगीसँग पूनर्मिलन गराउन तीज एक माध्यम थियो । हरितालिका भनिने यो पर्वको ‘हरित’को अर्थ ‘अपहरित’ र ‘आलिका’को अर्थ ‘साथी’ दुवै मिलाएर हरितालिका बन्नगएको हो । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भैमहादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीको मनोकांक्षापूरा भएको दिन भाद्र शुक्ल पक्ष तृतीया थियो । यही दिन शिव–पार्वतीको पूजा–आराधाना गरिनुका साथै विवाहितमहिलाले पारिवारीक समृद्धि र श्रीमान्को दिर्घायू एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलनछ । हरितालिका तीज हिन्दु धर्मावलम्बी महिलाहरुले मनाउने विशेष पर्व मानिन्छ । यो पर्व भाद्र शुक्ल द्वितीयादेखिपञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजको पहिलो दिन दिदीबहिनी माइती,मावली घरमा जम्मा हुने, दर खाने, आफ्नामनका दुःख, व्यथा–पीडा गीतको माध्यमबाट पोख्ने र रमाईलो गर्ने गर्छन् । दोस्रो दिन हरितालिका तीजको दिन विशेषदिन मानिन्छ । महिलाहरु दिनभर निराहार र निर्जल व्रत बस्दछन् । यस दिन दिनभर गीत गाउने र नाच्ने गर्दछन् । व्रतअवधिमा अन्तर्मनदेखि नै शुद्ध र मुक्त रहने हुनाले महिलाहरूको तनावलाई यसले कम गर्दछ । तर पानी पनि नखाई व्रतवस्नुपर्ने जस्ता विविध धार्मिक मान्यतालाई समयानुकुल परिमार्जन गर्नु आवश्यक देखिन्छ । तीजको भोलिपल्ट अर्थात भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउनेगर्छन् । यसपछिको महत्वपूर्ण दिनलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन महिलाहरूले बिहान सबेरै नजिकको नदी, खोला, पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, माटोको लेपन लगाउने र स्नान गरी शुद्ध भईअरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । समयको परिबर्तनशीलता र गतिशीलता संगसंगै मानव समाज र सभ्यताहरू परिवर्तन हुँदै आएका छन् । तीज पर्व पनिसमयको परिवर्तित चक्र संगसंगै परिवर्तन हुँदै आएको छ र यसका सकारात्मक मौलिक पक्षहरुको संरक्षणमा चुनौतीथपिएको छ । विषेशगरी भन्नुपर्दा आजभोली हाम्रो नेपाली समाजमा तीज मनाउने शैलीहरु फेरिएका छन् । हिजोमाईती घर, चेलीवेटी, ब्रत, पूजा, पधेरो, मैदान अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज बिद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुँदै ब्यापकता लिएको छ। विवाह भएर टाढा गएकी चेलीलाई दर खाने दिन भन्दातीनचार दिन पहिले माइती लिन जाने मौलिक चलन विस्तारै हराउदै गएको छ । आज भोलि प्रविधिले दुरीछोट्याईदिएको छ । अझ भन्नुपर्दा प्रविधिले हाम्रो मौलिक सँस्कृतिलाई ओझेलमा पारेको छ । हिजो गाउँघरमा मादल,डम्फु, मुर्चुङ्गगा र थपडीमा गाईने कतिपय तीजका गीत आज डिजेमय भएको छ । रेकर्डेट गीततीजको मौलिकता भने पक्कै होईन । तर गीतहरु सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध हुदाँ यसलाईसकारात्मक पक्षको रुपमा लिन सकिन्छ । जब व्यवसायिक रुपमा तीज गीत बजारमा आए, र सजिलै सबैसामु पुग्नथाले। तब पहिले तीजको बेला विभिन्न चोक चौराहा,मन्दिर,मैदानमा भेला भएर वर्षौ देखि छुटेका साथी संगिनी भेटभएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन विस्तारै इतिहास बन्न थालेको हो । त्यस्ता गीतहरुपुस्तान्तरण गर्न सकिएको छैन । बिगत केही वर्षदेखि आधुनिकता, परिवर्तन, आयस्रोत र सस्तो लोकप्रियताको प्रलोभनमा उत्पादन गरिने तीजकागीतहरु उच्छृंखल, छाडापन र यौनजन्य उत्तेजनात्मक रुपमा गाइएका छन्। त्यसो त बजारमा आएका तीज गीतहरुमध्ये‘मायाको पोको’,‘बिस्ताराले पोल्यो’,‘के हुन्छ होला है बिहेको राति’ ,‘डिस्कोमा तीज’,‘पोइला जान पाम’ लगायतकागीत शब्द र भिडियोका कारण विवादमा परेका छन् । कतिपय अवस्थामा मर्म र औचित्यहीन यी गीत सुन्दा र नाच हेर्दाहामी दोहोरी वा रत्यौली हेर्दै त छैनौ भन्ने सम्म अनुभूति गराउँदछ। यस्ता गीतहरुमा भड्किलो फेसन, माया पिरतीका भाव वाहेक अन्य संवेदनाशीलता पाइँदैन। नँया पुस्ताले तीज गीतकानाममा त्यस्ता गीतहरु सुन्दा,देख्दा र नाच्दा उनिहरुले के अनुसरण गर्लान्? हामी के सिकाई रहेका छौ? अनि के त्यसरीहाम्रो संस्कृतिको रक्षा हुन सक्छ त ? यो हामी सवैले सोच्नुपर्ने वेला आएको छ । यसो भनिरहदा बजारमा आएका त्यस्ता विकृतिमुखि तीजका गीतहरु माथि प्रत्यक्ष निगरानी,सुधार र कारवाहीकोअभाव भएको होकी भन्ने महसुस हुन आउँछ । त्यस्तै तीजको अवसरमा संघसंस्था, विद्यालयले आयोजना गर्नेप्रतियोगिताहरु मार्फत केही हदसम्म आफ्ना भावनाहरु पोखेर कुरीति विसंगतीहरुलाई उजागर गर्ने र सभ्य समाजनिर्माण गर्ने सन्देशमूलक गीतहरु र नाँचहरुमा हाम्रो मौलिक संस्कृति देखिन्छ । तर यो प्रयाप्त छैन । अहिले क्रमशःआधुनिकतासंगै कतिपय परम्परागत वाजागाजा लोप हुने अवस्थामा पुगिसकेका छन् । नयापुस्ताले ति परम्परागतवाजागाजा बनाउन र बजाउन जान्दैनन् । यसरी मौलिकता रक्षा होला त ? सँस्कृतिलाई जीवन्त राख्न सम्र्पूणसरोकारवाला निकायको अग्रसरता र आम नागरीकको आवश्यक सहयोग प्राप्त गर्न पनि कठिन देखिन्छ । अर्को पक्ष, तीज निकै भड्कीलो बन्दैछ । हरितालिका तिजको अघिल्लो दिन आमाको हातबाट दुधको परिकारबाटबनेको दर खाने परम्परा आज महिनौ अगाडी देखी पार्टी प्यालेसहरुमा मासु,पुलाउ र कक्टेलको संस्कृति बसेको छ ।काक्रा,करेला र तामाका परिकारहरु वन्न छाडेका छन् । माइती,मावली,छोरीचेलीबीच सद्भाव साट्ने पर्वको रुपमारहेको तीज अहिले साथीसंगी विच मोजमस्ती गर्ने माध्यम बनेको छ । सरकारी कार्यालयदेखि विभिन्नसंघसंस्था,विद्यालय,क्याम्पसहरुमा कामै छाडेर तीज मनाउने र जमघट गर्ने प्रचलनले साँस्कृतिक विकृतीको झल्कोदेखाउँदछ। समय गतिशिल रहे पनि यसले हाम्रो संस्कृति, रीतिरिवाज र प्रचलनलाई पछाडि पारेकोमा दुई मत छैन । यस्तै आजकाल तीजका जमघटहरु गहना र कपडा प्रदर्शन गर्ने थलो बनिरहेका छन् । रङ्गिचङ्गि देखासिकीको रुपलेआर्थिक रुपमा निम्न वर्गिय महिलाहरु पर्व मनाउने भन्दा पनि कसरी पर्व छल्ने तर्फ चिन्तित बन्ने गरेको देखिन्छ । ऋणगरेरै भए पनि महङ्गगो कपडा र गरगहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा व्याप्त देखिन्छन् । तडकभडक, तामझामले निम्न वर्गियलाई गिज्याउने पर्वका रूपमा विकास हुन थालेको छ । जसका कारण सामान्य हैसियत भएकामहिला दिदी–बहिनी, आमाहरुसँग बिस्तारै टाढिँदैछ तीज । यसरी तीजको समयमा तीजकै भड्किदो प्रवृतिका कारणप्रायः घरमा श्रीमान् श्रीमतीमा बेमेल, विखण्डन, घरायसी झैँझगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ । लामोसमयको संघर्षसंगै अहिले धेरै महिलाहरु राज्यका नेतृत्व तहमा पुगिसकेका छन् तर पनि शारीरिक बनावट र प्राकृतिकरूपमा महिनावारीका आधारमा समेत अझै महिला प्रताडित हुनुपरेको अवस्था छँदै छ । यो सबै तीज मनाउने भड्किलो शैलीको उपज हो । सामान्य रातो साडी चोलो, र परम्परागत गरगहनामा सवै वर्गकामानिसहरु एकै स्थानमा जमघट हुने वातावरण सिर्जना गरी तीज मनाउने सँस्कृति बनाउनुपर्ने देखिन्छ । यस्तैहरितालिका तीजको समयमा लाग्ने परम्परागत हाट, मेला र महोत्सव जस्ता धार्मिक एवं सांस्कृतिक प्रचलनलाई निषेधवा आलोचनाभन्दा पनि परिमार्जन र समसामयिक सुधारको पनि आवश्यकता छ । तर ऋषिपञ्चमीको वैज्ञानिकतथ्यहरुलाई समेत सवै समक्ष जानकार गराउन र यसको निरन्तरताका लागि सहज देखिदैन । पछिल्लो समयपढाई,जागीर,आयआर्जन लगायत विविध नाममा गाउँघरबाट टाढा रहेका बालबच्चाहरुलाई विद्यालय, घरपरिवारबाटैमौलिक संस्कृतिका बारेमा जानकारी गराउने अभ्यास गरिनुपर्छ । त्यसका लागि अभिभावक र शिक्षकशिक्षिका आफैमौलिक संस्कृतिका बारेमा जानकार हुन आवश्यक छ । तीज पर्वलाई हर्षोल्लासका साथ मनाउने सबै जात–धर्म, भाषा–भाषी र धनी–गरिबको साझा पर्वका रूपमा सबैलेसहज रूपमा अपन्वत्वबोध गर्ने वातावरण सिर्जना गरिनुपर्छ । चाडपर्व आउँदा मानिसमा आउनु पर्ने खुसी ऋण बोझ रदेखासिकीका कारण हराउने हुनुहुँदैन । यसका लागि सवै महिलाहरु स्वयं सक्षम, मितव्ययी र सरल बन्न जरुरी छ । शहर बजार क्षेत्रमा पनि तीजको माध्यमवाट चेली र माइती पक्ष बीच एक आपसमा स्नेह र सदभावना अझ प्रगाढबनाउने र स्वस्थ समाज निर्माणका सचेतनामूलक गीतहरु गाउनु पर्दछ। यो सामाजिक सुव्यवस्थाका लागि पनिअपरिहार्य छ । मौलिक असल साँस्कृतिक क्रियाकलापहरुलाई हामी सवैले अनूसरण गर्न सके नयाँ पुस्ताले पनित्यसको अनूसरण गर्न सक्छ । तीजलाई सभ्य र संरक्षित रुपमा अगाडि लैजान सकियो भने मात्र तीजले खास अर्थराख्नेछ । सम्पूर्णमा हरितालिका तीज २०८१ को हार्दिक शुभकामना ।

Latest news

- Advertisement -