परासी / नवलपरासी-प्रहरीले बर्दघाटबाट १९ लाख ८० हजार बराबरको मोबाईलमा लगाईने टेम्पर ग्लास र पाल्हिनन्दनबाट १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार प्रहरीले बर्दघाट ४ बाट ३० कार्टुन मोबाईलमा प्रयोगगरिने टेम्पर ग्लास र पाल्हिनन्दन ५ गेर्मामा छापा मार्दा १ सय ४९ बोरा चिनी बरामद गरेको हो ।
बर्दघाटको एक पसलमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको ३० कार्टुन टेम्पर ग्लास बरामद गरिमहेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । यसै गरी पाल्हिनन्दनमा सोमै गौँडले संचालन गरेको गुलसन नितलेशराइस मिल उधोगको गोदाममा भण्डार गरि राखिएको डेढ़सय बोरा चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयपश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिए ।
बरामद गरिएको ५ लाख ९६ हजार बराबरको चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलपठाइएको प्रहरीले जनाएको छ।
खुल्ला सिमानाको फाईदा उठाउदै तस्कर पेसेबर ब्यापारीहरुले भारतबाट अवैध रुपमा चिनी,चामल,धान,केराउलगायतका खाद्य समाग्रीको तस्करी मार्फ़त भित्र्याई सो सीमा नजीक स्थानमा भण्डारण गरि नवलपरासीबाट सेटीग मिलाई देशकां ठुला सहरमा विक्रि गर्ने गरेको पाईएको छ।
आज मात्र गृहमन्त्रीमा नियुक्त भएका...
नवलपरासी —जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एबमपूर्ब मन्त्री हृदयेश त्रिपाठीले मुलुकमा देखीएको वर्तमान समस्याको निकासका निम्ति संविधान संशोधन एकमात्र विकल्प भएको बताएका छन् ।
नवलपरासी/परासीमा आज पार्टीले आयोजना गरेको पत्रकार भेटका क्रममा नेता त्रिपाठीले यो तथ्य टिप्पणी गरेकाहुन् । संविधान संशोधनका लागि ठूला तीन दलबीच मिलेर सहमतिका साथ अघि बढे मात्र देशले निकास पाउने ज़िकिर गरे ।
संविधान संशोधन र मुलुकमा देखिएको वर्तमान चुनौतीको सामनागर्न राजनीतिक दलबीच अघोषित कार्यदल मार्फत आफ्नो पहलमा छलफल भइरहेको समेत उनले बताए । जनतामा निहित...
काठमाण्डौ । फागुन १८ गते ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नवलपरासीका पर्यटकिय गन्तब्यहरुकोअवलोकन गरेकी छन ।
हिन्दु र मुसलमान समुदायको साझा तिर्थस्थलको रुपमा परिचित पश्चिम नवलपरासीको मदार-बाबा मेला उदघाटनकालागि नवलपरासी आएकी राज्यमन्त्री सिर्पालीले वर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक कन्चनपुरगढी र सुनवलमारहेको ऐतिहासिक देवदह तालको अवलोकन गरेकी छन ।
वर्दघाट नगरपालिकाको वार्ड नम्बर १४ को खुजुरा होलाको माथिल्लो भागमा रहेको ऐतिहासिक कन्चनपुरगढीलाईपर्यटन मन्त्रालयले देशका घुमनु पर्ने एक सय गन्तब्य मध्य एक गन्तब्यको रुपमा सूचिकृत गरेको भए पनि योऐतिहासिक गढ़ी प्रचार प्रसारको कमीले ओझेलमा छ ।
कन्चनपुर गढिमा पाल्पाली सेन राजाको बेलामा बनेका अनेकप्रकारका प्राचिन संरचना एवं प्रमाणहरु फेला परेको भए पनि आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो स्थानपछि परेको हुनाले यो स्थानको पुरातात्वीक अध्ययनको आवश्यकता रहेको वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कन्चनपुरढीको स्थलगत अवलोकन गरे पछियो ऐतिहाकि स्थल रहेकोले यस क्षेत्रमा प्राप्त प्रमाणहरुको सरक्षण गरी पुरातात्विक विषयका विज्ञहरुबाट अध्ययनअनुसन्धान गर्न आफुले पहल गर्ने बताउनु भएको छ । भौगोलिक रुपमा पनि प्रचुर संभावना स्थान गरेको र ऐतिहासिक, पुरातात्वीक महत्वको हिसबले पनि यो स्थान महत्वपुर्ण रहेको भन्दै यस क्षेत्रको विकास र संरक्षणका लागि केन्द्रसरकारको तर्फ देखी आफुले हर सम्भव प्रयास गर्ने बताएकी छन ।
यसै गरी राज्यमन्त्री सिर्पाली ठकुरीले पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको ऐतिहासिक देवदह तालको समेतअनवलोकन गरेकि छन् । राज्यमन्त्री सिर्पालीको अनुगमनको अवसरमा देवदह तालको एतिहासिकता र यहाँकोविषेशताको बारेमा सुनवल नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यले ब्रीफ गरेका थिए ।ऐतिहासिक तालको अनुगमन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले नवलपरासी बुद्धकोएतिहासिकतासंग गहिरो सम्बन्ध रहेको जिल्लाको रुपमा रहेको हुनाले पर्यटन मन्त्रालयले केही समय पछि जिल्लाकोसबै ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको पुरातत्व विभागका विषेशज्ञ सहितको टोली आएर आवश्यक प्रारम्भिकअध्ययन गर्ने बताएकी हुन।
बुद्धको मावली प्राचिन कोलिय राज्यको राजधानीको अध्ययनका क्रममा नवलपरासीको पण्डीतपुरमा प्राचिनप्रमाणहरु भेटियो र देवदह ताल पनि पश्च्मि नवलपरासीमा नै हुनु पर्ने अवश्था आए पछि सुनवल ७ को उक्त ताल नैप्राचिन देवदह ताल हुन सक्ने अनुमान गरिएको बेलामा राज्यमन्त्रीको अनुगमनले यसलाई अझै उजागर गर्नेनवलपरासीबासीले आशा गरेका छन ।
सुनवल/नेपाली काग्रेस र माओवादि केन्द्रका वडाअध्यक्षदद्वारा सुनवल नगरपाकिाको कार्यपालिका वैठक वहिस्कार गरेका छन।
सुनवल नगरपालिकाको १५ दिन अधि सम्पन्न चौधौ नगरसभामा नगरशिक्षा ऐन २०७८ संशोधनको...
सुनवल/ लुम्बिनी मा. वि. सुनवल सोमनाथले ३१ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित भव्यरूपमा मनाएको छ।
वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश...
सुनवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य/पुर्व गृह राज्यमन्त्री देबेन्द्रराज कंडेलले देबकोटा माबि शैक्षिक गुणस्तर र ब्यवस्थापनमा देशकै उदाहरणीय रहेको बताएका छन ।
नेता कंडेलले विद्यालयले...
नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा आयोजित निशुल्क बृहत स्वास्थ शिबिरमा ४ सय ७३ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
अप्टीमिष्टिक क्लब अफ़ नवलपरासी र पतन्जली...
पुराण गुरुङ्ग,माघ २०। नेल्टा नवलपरासीको आयोजना र नेल्टा रामग्रामको सह आयोजनामा एक दिने शिक्षक तालिम आदर्श मा वि, रामग्राम-५, परासीमा आज सम्पन्न भएको ...